संघीय सरकारबाट फिर्ता भए राजपा

खबरी न्यूज, जनकपुरधाम । कैलाली टिकापुरका सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि संघीय सरकारलाई दिएको समर्थन राष्ट्रिय जनता पार्टी ( राजपा ) ले फिर्ता लिएको छ ।
कैलाली निवार्चन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रेशम चौधरी सहितलाई कैलाली अदालतले आजीवन काराबासको सजाय सुनाएपछि बुधवार आपतकालिन बसेको राजपाका केन्दिू्रय समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिएको हो ।
संघीय सरकारबाट फिर्ता भए राजपा

संविधान संशोधन गर्ने तथा राजपाका साँसद रेशम चौधरीलाई सपथ ग्रहणको केहि समय पछि रिहा गर्ने सहमति गरेपनि आज अदालतले जन्मकैदको फैसला सुनाएपछि काठमाण्डौ स्थित बबरममलमा रहेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी केपी ओली सरकारलाई दिएको समर्थन राजपाले फिर्ता लिने निर्णय गरेका हुन । पत्रकार सम्मेलनमा दुई तिहाई  बहुमत भएर पनि संविधान संशोधन नगरेको, मधेश आन्दोलनका झुठा मुद्दा फिर्ता नलिएको, निर्मला पन्तको बालात्कारी र हत्यारालाई कारवाही नगरेको, शान्ति सुरक्षा कायम गर्न नसेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार विहिन बनाउने, बेरोजगारी समस्या सामाधान गर्न नसकेको, महंगी तथा भ्रष्टाचार नियन्त्रण नगरेको, बाढी पीडितलाई राहत नदिएको, सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्न नसकेको लगायतका आरोप लगाउँदै समग्रमा सरकार पूर्णरुपमा असफल रहेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य राजेन्द्र महत्तोले अदालतले अन्याय गरेको भन्दै अब थारु, मधेशी सबै मिलेर राष्ट्रिय विद्रोह गर्ने चेतावनी समेत दिएका छनु । साँसद महत्तोले पत्रकारहरुसंग कुरा गर्दै भने रेशम चौधरी आन्दोलनकारी हो आन्दोलनकारीलाई आजीवन काराबास हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन ? केपी ओलीलाई आजीबन काराबास किन भएन, गिरिजा प्रसाद कोइरालालाई किन भएन, उनले प्रति प्रश्न गरेका थिए । के रिहा हुन कुनै खास जाति चाहिन्छ ?
२०७२ भदौ ७ गते थरुहट आन्दोलनको क्रममा कैलालीको टिकापु्रमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक ( एसएसपी ) लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मी र एक बालक गरी ९ जनाको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आशंकामा कैलाली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य चौधरी सहित ५८ जना विरुद्ध कैलाली प्रहरीले मुद्दा दायर गरेको थियो ।
संघीय सरकारबाट फिर्ता भए राजपा

टीकापुर घटना पछि चौधरी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । कैलाली १ मा उम्मेदवारी दिएर जितेका चौधरी २०७४ फागुन १४ गते आत्मसमर्पण गरेको थिए । तब देखि उनी जेल जीवन विताइ रहेका थिए । सांसद चौधरीलाई निर्वाचित भएको १३ महिना पछि २०७५ पुष १९ गते सपथ ग्रहण गराइयो । सपथ ग्रहण पछि पुनः चौधरी साँसदको लोगो सहित कारागार फकिएका थिए ।



Previous
Next Post »