पार्टी खोलेपछि सिके समर्थक घट्दै

खबरी न्यूज, जनकपुरधाम । नेपाल सरकार र सिके राउत बीच भएको ११ बुन्दे सम्झौता पछि मंगलवार डा. सिके राउतलाई नागरिक अभिनन्दन गर्ने तय गरिएको कार्यक्रम हुन सकेन ।


सरकारसंग भएको ११ बुन्दे सम्झौतालाई ऐतिहासिक सम्झौता भन्दै डा. सिके राउतको संयोजकत्वमा नव गठित जनमत पार्टीले सिरहाको लहानमा डा. राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरेकोे थियो , तर लहान नगरभरि र्“जनमत दो आजादी लो” नाराका साथ जुलुस प्रदर्शन गरेर कार्यक्रम सम्पन्न भएको थियो ।
लहानको शहिद पार्कमा डा. राउतले बोल्ने कार्यक्रम भएपनि उनले शहिद रमेश महत्तो सहितका शहिदहरुको शालिक माथि माल्यार्पण गरेर केहि नबोलीकन फर्केका थिए । यता प्रत्यक्षदर्शीहरुको भनाई अनुसार अलग मधेशको मुद्दा छोडेर राजनीतिक मुलधारमा आएपछि सिके समर्थक स्वाट्ै घटेको छ । जनमत पार्टीको घोषणा गरेर राजनीतिक मुलधारमा आउन लागेका डा. राउतको प्रथम शक्ति प्रदर्शन फितलो देखिएको थियो ।
पूर्व घोषित कार्यक्रम अनुसार लहानको मारवाडी सेवा सदनबाट निस्केको जुलुस लहान नगरको विभिन्न भागको परिक्रमा गर्दै शहिद पाक पुगेर सम्पन्न भएको थियो । राजनीतिक मुलधारमा आउन विधिवत रुपमा पार्टी गठन भएको उत्साह तथा पहिलो जनप्रदर्शनको शक्ति प्रदर्शनका लागि लहानमा थुप्रै मधेशी जनता उतार्ने तयारीमा जुटेका नेताहरुले विभिन्न सामाजिक संजाल मार्फत प्रदर्शनमा सहभागिताका लागि अपील समेत गरेका थिए ।
पुरानो मुद्दा छाडेर राजनीतिक पार्टी गठन गरेपछि डा. सिकेका समर्थकहरु असन्तुष्ट हुँदै गएका छन् । स्वतन्त्र मधेशको मुद्दा उठाएर लुकी–लुकी गर्ने डा.राउतको कार्यक्रममा पनि हजारौ समर्थक सहभागि हुने गरेको र मधेश वा देशभरि नै चर्चाको विषय हुने गरेको जनमत पार्टी पछिको अवस्था त्यति सबल रहेको देखिएन । तराई–मधेशमा स्थापित पार्टी संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल ( राजपा ) लाई मधेशी जनताले दुवै पार्टीलाई एकीकरण गरेर मधेशमा आउन बेला–बखत विभिन्न दबाब सृजना गरेको र जनताको दबाब स्वरुप नै यी दवै मधेशवादी पार्टी एकीकरण गरेर संसदीय चुनावमा सहभागी भएका थिए ।
यस्तो अवस्थामा पुनः एउटा नयाँ पार्टीलाई मधेशी जनताले कुन रुपमा स्वीकार गर्नेछन् अन्तरालमा विस्तारै प्रष्ट हुँदै जानेछ । सरकारसंग भएको ११ बुन्दे सम्झौता पछि लहानमा पहिलो पटक परिषदको बैठक बसेर डा. सिके राउतको संयोजकत्वमा ३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गर्नुका साथै पार्टीको झण्डा पनि तय गरिएको थियो ।   

Previous
Next Post »