मिनापद्धारा होली महोत्सव शुरु, होलीमय जनकपुर

खबरी न्यूज, जनकपुरधाम । होली महोत्सवको रमझममा रंगविरंगी भए जनकपुरधाम । प्रत्येक वर्षझै यस वर्ष पनि मिथिला नाट्यकला परिषद् जनकपुरद्धारा मंगलवार देखि होली महोत्सवको साथै महामुर्ख सम्मेलनको शुरु गरिएको छ ।

मिनापद्धारा होली महोत्सव शुरु, होलीमय जनकपुर

जनकपुरको प्रसीद्ध जानकी मन्दिरको प्रांगनमा शुरु भएको होली महोत्सव कार्यक्रमको आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरी शुभारम्भ गरेको हो ।
उद्घाटन भएपछि होली महोत्सव २०७५ औपचारिक रुपमा शुभारम्भ भएको छ । मिनापद्धारा आयोजित होली महोत्सवमा विभिन्न जिल्लाबाट होली गीत ( होरैया ) गाउने समूहहरुको प्रतियोगात्मक सहभागिता हुनेछ । महोत्सवमा होरैया ( होली गीत ) को प्रतियोगिताका लागि धनुषा, महोत्तरी र सप्तरीबाट ७ वटा होरैया समूह सहभागी भएका छन् । उनीहरु मिथिलाञ्चलका गाउँघरमा गाइने अर्थात मिथिलामा हुने गरेको परम्परागत मौलिक झल्किने गरी समूहगत रुपमै होली गायन प्रतियोगिताका लागि उनीहरु सहभागि भएका छन् ।
प्रत्येक वर्ष झैं यस वर्ष पनि महामुर्खको खोजी जारी रहेको मिनापले जनाएको छ । होली महोत्सवको अवसरमा हरेक वर्ष महामुर्ख सम्मेलनको आयोजन हुने गर्दछ, र यस सम्मेलनबाट उत्कृष्ट व्यक्तित्व मध्ये एक जनालाई महामुर्खाधिराजको मानपदवी प्रदान गर्ने परम्परा रहेको छ । बुधवार हुने महामुर्ख सम्मेलनबाट समाजका विशिष्ट व्यक्तिहरु मध्येबाट एक जनालाई महामुर्ख, एक जनालाई पटमुर्ख र एक जनालाई मुर्खाधिराजको मानपदवी दिएर उत्कृष्ट सम्मान गर्ने गरिन्छ ।
मिनापद्धारा होली महोत्सव शुरु, होलीमय जनकपुर

होली महोत्सवको उद्घाटन गर्दैै मुख्यमन्त्री लालबाबु राउतले होली पर्व एक आपसमा रहेको मतभिन्नतालाई हटाएर समाजमा भाईचारा, एकता र सद्भाव कायम राख्नका लागि पनि प्रसीद्ध रहेको बताउनु भयो ।
मुख्यमन्त्री राउतले यस वर्षको होली पर्व सबैको लागि सुखमय हुनुको साथै मधेश र देशमा विद्यमान रहेको मतभिन्नतालाई हटाएर विकासको गतिमा तिब्रता आउन सक्ने विश्वास व्यक्त गर्दै प्रदेश र देशवासीको नाउँमा हार्दिक मंंगलमय शुभकामना व्यक्त गरेका थिए । यो पर्व कुनै जाति वा समूदाय विशेषको नभई सबैको पर्व रहेको भन्दै हाम्रो समाजमा परम्परागत रुपमा मनाईदै आएका यो होली पर्व एक–आपसमा मीलनको पर्व रहेको बताउनु भयो ।
मिनापद्धारा होली महोत्सव शुरु, होलीमय जनकपुर

आयोजक संस्था मिनापले मुख्यमन्त्री राउतलाई होली गीत गायन वा फगुवा गायनमा मुख्य रुपमा प्रयोग हुने डम्फा मायाको चिनो उपहार स्वरुप प्रदान गरेको छ । त्यस्तै यस होली महोत्सवमा सहयोग गर्ने सहयोगी मण्डललाई मुख्यमन्त्री राउतले सम्मान गरेका थिए ।
आज भएको महोत्वसको शुरुवात मिनापले होलीको गीत गाएर गरेका थिए भने होली महोत्सवमा सभागी टिमहरु मध्ये तीन वटा टीमलाई ट्रफी सहित पुरस्कृत गरिने आयोजक कमिटीले जनाएको छ ।

Previous
Next Post »