Monday, 11 March 2019

कृषिमन्त्री साहद्धारा शीतभण्डारको शिलान्यास

खबरी न्यूज, जनकपुरधाम । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमवार धनुषाको लक्ष्मिनिया गाउँ पालिकामा शीत भण्डार ( कोल्डस्टोर ) को शिलान्यास गरेका छन् ।
लगभग १७–१८ करोडको लागतमा बन्न लागेको उक्त शितभण्डारको एक समारोहको बीच आज मन्त्री साहले शिलान्यास गरेका हुन । उक्त अवसरमा बोल्दै मन्त्री साहले हाम्रो देश कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताउनु भयो ।

कृषिमन्त्री साहद्धारा शीतभण्डारको शिलान्यास

उनले भने आज पनि तराई–मधेशका जनताको मुल पेशा खेती–गृहस्थी नै भएकोले कृषिलाई आधुनिकिकरण गर्दै प्राविधिक कृषि विकासको लागि प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेका छन् । अगामी वर्षमा प्रदेशको हरेक पालिकामा कृषि औजारको व्यवस्थापन गर्न लागेको जानकारी दिदै मन्त्री साहले किसानले अब नगदेवाली तर्फ बढी ध्यान केन्द्रित गर्नु पर्ने बताए । उनले कृषि प्रधान मुल्ुकमा एउटा पनि मलखाधको फैक्ट्री स्थापना गर्न नसक्नु हाँस्यापद भएको बताउँदै प्रदेश सरकारले कृषि व्यवस्थापनका लागि गम्भिरता पूर्वक लागेको बताए । यो मुलुकमा जब सम्म कृषिको विकास हुँदैन तब सम्म देश–प्रदेशको समृद्धि सोचमा मात्र सिमित भएर जाने भन्दै आर्थिक उन्नतिका लागि कृषि क्रान्तिको आवश्यकता भएकोले प्रदेश सरकार कृषि उन्नतिका लागि विभिन्न मेगा प्रोजेक्टमा काम गरिरहेको पनि मन्त्री साहले बताए ।
उनले कोशी डाईभर्सनबाट कमला नदीमा सिंचाईको लागि पानी ल्याउने, सहुलियत तथा अनुदानमा किसानलाई स्यालो ट्यूववेल उपलब्ध गराइने लगायतका कृषियुक्त थुप्रै योजनाहरु ल्याउन लागेको जानकारी दिदै हर खेतमा काम हर हातम रोजगारको लागि कृषिलाई वैज्ञानिककरण गर्नु पर्ने आवश्यकता माथि जोड दिनु भयो । मन्त्री साहले अब परम्परागत खेतीले काम नचल्ने भन्दै खेतीलाई आधुनिकिकरण तथा प्राविधिक रुपमा विकास गर्नु पर्ने बताउनु भयो ।




कृषिमन्त्री साहद्धारा शीतभण्डारको शिलान्यास

कृषिको लागि आवश्यक पर्ने पानी, विजुली, मलखाध, उन्नत विउ, कृषि सडक, कृषि औजार लगायतका सम्पूर्ण सामग्री सरकारले उपलब्ध गराउने तयारीमा रहेको भन्दै कृषि मन्त्री साहले कृषकलाई खेती गर्न केहि रकम पनि उपलब्ध गराउन लागेको जानकारी दिनु भयो ।
लक्ष्मिनिया गाउँपालिका वडा नं. ३ बनिगामामा निर्माण हुन लागेको सो  सो शित भण्डार एक हजार मेट्रिक टन खाधान्न सामग्री भणडरण गर्न सक्ने क्षमताको रहेको छ ।
गाउँपालिका अध्यक्ष विन्देश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा ससफोरम नेपालका केन्द्रिय सदस्यद्धय महाजन यादव, रामगोबिन्द यादव, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्य उर्मिला साह, प्रदेश सचिव शेषनारायण यादव, जिल्ला अध्यक्ष चन्देश्वर महत्तो, हरिनारायण यादव, शत्रुधन यादव लगायतका वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए । अधिकांश वक्ताहरुले प्रदेश सचिव शेषनारायण यादवको अथक प्रयासले शितभण्डार स्थापना हुन लागेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । जिल्ला सदस्य घनश्याम यादवद्धारा उद्घोषित उक्त कार्यक्रममा स्थानीय महिला–पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो ।   

No comments:

Post a Comment