Thursday, 21 March 2019

अन्तगृह परिक्रमा सम्पन्न, जनकपुरमा भोली होली

खबरी न्यूज, जनकपुरधाम । आस्था तथा भक्तिको काठोर अनुष्ठानको रुपमा परम्परागत रुपमा मनाइदै आएका १५ दिने मध्यमा परिक्रमा विहिवार अन्तगृह परिक्रमा गर्दै सम्पन्न भएको छ ।
अन्तगृह परिक्रमा सम्पन्न, जनकपुरमा भोली होली

कचुरी स्थित मिथिला बिहारीको डोला अन्तगृह परिक्रमा गरेपछि यस वर्षको मध्यमा परिक्रमा विधिवत रुपमा सम्पन्न भएको हो । १५ दिवसिय मध्यमा परिक्रमा गरेर बुधवार दिउँसो मिथिला बिहारीको डोला संगै परिक्रमामा सहभागी श्रद्धालु भक्तजनहरु जनकपुर पुगेका थिए । कडा सुरक्षाको बीच भगवानको डोलालाई जनकपुरको रंगभुमि मैदान बारहबिघामा राखिएको थियो । रातभरि बारहविघामा विश्राम पछि आज डोलालाई अन्तगृह परिक्रमा गराइएको छ ।



१५ दिवसिय कठीन पदयात्रामा सहभागी परिक्रमा यात्रीहरुले आज अन्तगृह परिक्रमा सम्पन्न गर्दै आ–आफ्ना घर तिर फर्केका छन् । जनकपुर स्थित फागुन २२ गते उठेको मिथिला विहारीको डोला हनुमानगढीबाट शुभारम्भ भएको र सो मध्यमा परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान ( फुलहड ) हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन भएर धनुषाको पर्वता, धनुषाधाम, सतोषर र औरहीको परिक्रमा गरेर डोला फेरि भारत तिर लागेका थिए । भारतको करुणा र बिसौल हुँदै बुधवार परिक्रमा जनकपुर आईपुगेका थिए ।
अन्तगृह परिक्रमा सम्पन्न, जनकपुरमा भोली होली

अन्तगृह परिक्रमामा आफ्नो सहभागिताका लागि गाउँ–गाउँबाट श्रदालु भक्तजनहरु बुधवार नै जनकपुर आइसकेका थिए भने जनकपुरवासी पनि विहिवार विहानै देखि अन्तगृह परिक्रमा घुम्न थालेका थिए । अन्तगृह परिक्रमामा सण्हभागीहरुले परिक्रमा सडकको जुन ठाउँबाट परिक्रमा शुरु गरे भने त्यहि ठाउँमा पुगेर समापन गर्ने परम्परा रहेको छ । गंगासागर लगायतका पवित्र पोखरीमा स्नान गरी अन्तरगृह परिक्रमा शुरु गर्ने पन्द्रदिने परिक्रमावासीका अतिरिक्त सामान्य श्रद्धालुहरु आफ–आफ्नो सुविधा अनुसार स्नान गरेर अन्तरगृह परिक्रमा गर्दछन्  अन्तगृह परिक्रमा सडक विहानै देखि भरिभराउ भएको थियो । मिथलाको कुम्भ भनिने मध्यमा परिक्रमामा सहभागी भक्तजनहरुले १५ दिन सम्म पैदल पडावहरुमा पुगेका थिए । थुप्रै दिन देखि घर जान पाएका थिएनन, परिक्रमामा सहभागी भक्तजनहरुले । अन्य ठाउँमा जे भएपनि जनकपुर क्षेत्रमा अन्तगृह परिक्रमा सम्पन्न भएको भोली पल्ट होली पर्व मनाउने प्राचीन परम्परा रहेको छ । अर्थात नेपालको पहाडी भेगमा बुधवार नै होली पर्व मनाइएको छ भने तराई–मधेशको बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाहरुमा विहिवार नै होली पर्व मनाइएको हो । तर यस क्षेत्रमा शुक्रवार मात्रै होली पर्व मनाइएने भएको छ । 

No comments:

Post a Comment