जनकपुर उपमहानगरका मेयर महामुर्ख

खबरी न्यूज, जनकपुरधाम । होली महोत्सवको अवसरमा आयोजित महामुर्ख सम्मेलनबाट बुधवार जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले महामुर्खको मानपदवी पाएका छन् ।

जनकपुर उपमहानगरका मेयर महामुर्ख

मिथिला नाट्यकला परिषद जनकपुरधामद्धारा दुई दिवसिय होली महोत्सव कार्यक्रम अन्तर्गत बुधवार महामुर्ख सम्मेलनको आयोजन सम्पन्न भएको हो । उक्त महामुर्ख सम्मेलनबाट मेयर साह महामुर्ख घोषित भएका हुन । २०६१ साल देखि निरंतर रुपमा होली महोत्सवको अवसरमा महामुर्खको उपाधि वितरण गर्दै आएका मिनापले यस वर्ष सबै भन्दा महामुर्ख मेयर साहलाई नै पाएका छन् ।
होली महोत्सवको अवसर पारेर मिनापले व्यंग र ठठयौलीको रुपमा हरेक वर्ष आयोजना गर्ने महामुर्ख सम्मेलनबाट समाज सुधारका लागि वा भनौ समाजिक रुपान्तरण गर्न उलेख्य कार्य गरेको समाजका विशिष्ट व्यक्तित्वलाई सो उपाधि दिने चलनको थालनी गरेको हो । महामुर्ख उपाधि पाउन धेरैले भित्रभित्रै प्रयासरत रहेको पनि पाइन्छ ।
जानकी मन्दिरको प्रांगनमा आयोजित महामुर्ख सम्मेलनको परिणाम हेर्न भारी संख्यामा उपस्थित रहेका सर्वसाधारणको सामु महामुर्खको मानपदवी पाएका मेयर साहलाई भण्टा र मुलाको माला लगाएर प्रमाण–प्रदान गरिएको हो ।   

Previous
Next Post »