Friday, 22 March 2019

चैत्र १० बाट हुने एसइई परीक्षा, प्रदेश २ मा कति परीक्षार्थी ?

खबरी न्यूज, जनकपुृरधाम । यही चैत्र १० गतेबाट शुरु हुन लागेको एसइई परीक्षाको सबै तयारी पुरा भएको प्रदेश नं. २ का शिक्षा निर्देशनालयले जनाएको छ ।
परीक्षाको लागि प्रदेश नंं. २ को सबै जिल्लामा केन्द्राध्यक्ष समेत तोकिएको निर्देशनालयले जनाएको छ । प्रदेश नंं २ को आठौं जिल्लाबाट कुल ७२ हजार ४९ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षालाई अनुशासित तथा मर्यादित बनाउन हर सम्भव प्रयास भै रहेको जनाइएको छ ।

चैत्र १० बाट हुने एसइई परीक्षा, प्रदेश २ मा कति परीक्षार्थी ?
see-exam province 2
प्रदेशको आठौ जिल्ला गरी कुल २ सय ६३ केन्द्राध्यक्ष तोकिएको छ भने ३ सय ४५ जना सहायक केन्द्राध्यक्ष तोकिएको हो । त्यस्तै ३ हजार ४३६ जना निरिक्षक खटाइने तथा ५ सय ८६ जना सहायक निरिक्षक खट्दैछन भने १ हजार २ सय ८१ जना सहयोगी समेत खटाइएको निर्देशनालयले जनाएको छ ।
परीक्षालाई अझै अनुशासित तथा मर्यादित बनाउनका लागि प्रदेशको आठौं जिल्लाको सबै विद्यालयहरुमा अभिभावक, समाज र विद्यार्थीमा जनचेतनाका लागि सार्वजनिक समारोह, शैक्षिक सुधार बहस, छलफल लगायतका सुधारमुलक क्रियाकलापका लागि जिल्ला तहमा केन्द्राध्यक्षहरुको बैठक बसेर परीक्षामा सघाउन अभिमुखिकरण कार्यक्रम गरिएको र सो अवसरमा उनीहरुसंग परीक्षा मर्यादित बनाउन प्रटिवद्धता व्यक्त समेत गराइएको निर्देशनालयले जनाएको छ ।
केहि यता आएर विद्यार्थीहरु पढाईमा मिहनेत कम गर्ने, चिठ चोरेर नै पास गर्न सकिन्छ भने सोचका साथ ढुक्क भएर विद्यार्थी मिहनेत नै छाड्ने खालको प्रवृति बढेको उदाहरणहरु आउन थाले पछि विद्यार्थीहरुमा यस्तो सोचको विकास नहुन दिनका लागि परीक्षालाई अनुशासित तथा मर्यादित बनाउनु पर्ने निर्देशनालायको लक्ष्य रहेको छ । निर्देशनालयको भनाई अनुसार विद्यालयमा कुन शिक्षकले आफ्नो विषय राम्ररी पढाउन सके सो विषयमा विद्यार्थीले कति अंक प्राप्त गर्न सके भने वास्तविक रुपमा थाहा नै हुन नकेकोले परीक्षालाई अनुशासित बनाउनु पर्ने आवश्यकता देखिन्छ । राम्रो शिक्षा दिने शिक्षक र विद्यार्थीले पठन–पाठन गरिरहेको विद्यालयले परीक्षामा राम्रो अंक ल्याउन नसकेको अवस्था हिनताबोध हुने गरेकोले पनि परीक्षालाई मर्यादित बनाउनु पर्ने अति आश्यकता रहेको निर्देशनालयले जनाएको छ ।
अध्ययन एक किसिमको तपस्या जस्तो भएकोले विद्यार्थीले तपस्या गरे झैं पढाईमा मिहनेत गर्नु पर्ने बाणीको विकास तथा शिक्षा प्रतिको सम्मान गर्ने बाणाीको विकास गर्नका लागि पनि परीक्षा अनुशासित एवं मर्यादित हुनु पर्ने र राम्रो शिक्षा दिने शिक्षकलाई प्रोत्साहन तथा कमजोरी गर्नेलाई चेतावनीका लागि पनि परीक्षालाई मर्यादित बनाउन निर्देशनालय लागि परेको जनाइएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानूनमन्त्रीले परीक्षा अनुशासित तथा मर्यादित हुने, चिट चोरी नुहने, हल्ला गर्ने माथि कारवाही गर्ने भनेर सबैलाई सजग गराउने कार्य पनि भएको र प्रमुख सचिवको अध्यक्षतामा प्रदेश तहका सुरक्षा प्रमुख समेतको उपस्थितिमा प्रदेश समन्वय समितिबाट परीक्षा अनुशासित तथा मर्यादित बनाउने खालको विभिन्न निर्णय भएको र जिल्लाहरुमा पत्राचार समेत गरिएको निर्देशनालयका निर्देशक रामाकान्त शर्माले जानकारी दिए  ।



यस वर्षको एसइई परीक्षमा प्रदेश नं. २ को सप्तरीमा ९ हजार ९८ विद्यार्थी, सिरहामा १० हजार ४५ जना, धनुषामा ११ हजार १ सय ८५ जना, बारामा ८ हजार १ सय २४ जना, पर्सामा ८ हजार ३ सय ८९ जना, रौतहटमा ७ हजार ६ सय ६९ जना, महोत्तरीमा ८ हजार १३ जना र सर्लाहीमा ९ हजार ५ सय २३ जना सहित कुल ७२ हजार ४९ जना परीक्षार्थी सहभागी हुने छन् ।
यस प्रकार सप्तरीमा ३४ जना, सिरहामा ३८ जना, धनुषामा ४३ जना, वारामा ३२ जना, पर्सामा २४ जना, रौतहटमा ३० जना, महोत्तरीमा २९ जना र सर्लाहीमा ३३ जना सहित कुल २ सय ६३ जना केन्द्राध्यक्ष तथा केन्द्र संख्या तोकिएको छ । यस प्रकार सहायक केन्द्राध्यक्ष संख्या सप्तरीमा ४४, सिरहामा ४७, धुनषामा ५५, बारामा ४०, पर्सामा ४२, रौतहटमा ३६, महोत्तरीमा ३६ र सर्लाहीमा ४५ जना सहित कुल ३ सय ४५ जनालाई खटाइएको छ । यस्तै सप्तरीमा ४ सय ३५, सिरहामा ४ सय ७५,  धनुषामा ५ सय ४४, बारामा ३ सय ७७, पर्सामा ४ सय २ , रौतहटमा ३ सय ६४, महोत्तरीमा ३ सय ८१ र सर्लाहीमा ४ सय ५८ जना गरी कुल ३ हजार ४ यस ३६ जना निरीक्षक खटाइएको छ ।
सहायक निरीक्षकमा सतप्तरीमा ७५ जना, सिरहामा ८३, धनुषामा ८७, बारामा ६३, पर्सामा ७३, रौतहटमा ६०, महोत्तरीमा ६७ र सर्लाहीमा ७८ जनालाई पठाइएको छ । यस प्रकार कार्यालय सहयोगीका लागि सप्तरीमा १ सय ६४ जना, सिरहामा १ सय ७५, धनुषामा १ सय ९६, बारामा १ सय ४०, पर्सामा १ सय ५३, रौतहटमा १ सय ३६, महोत्तरीमा १ सय ४४ र सर्लाहीमा १ सय ७२ जना सहित १ हजार २ सय ८१ जनालाई खटाइएको निर्देशनालयले जनााएको छ । 

No comments:

Post a Comment